नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ « Khabarhub

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा कडा बनाइएको छ ।

सुरक्षा निगरानीका क्रममा नेपालको वीरगञ्जसँगैको रक्सौल मैत्री पुलनजिक चारजना चिनियाँ पक्राउ परेका छन् ।

नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका चारजना चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजना चिनियाँ नागरिकले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका एसएसबीले जनाएको छ । नीहरू हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा बोल्न जान्ने रहेको भारतीय सुरक्षा निकायले जनाएको छ।

भारतीय सुरक्षा निकायले ती चिनियाँहरूको सम्बन्ध पाकिस्तानसँग रहेको आरोप लगाएका छन् । उनीहरू पाकिस्तानमा रहेका एक व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा भेटिएका दाबी एसएसबीको छ।

ती चिनियाँ नागरिक पछिल्लो एक सातादेखि काठमाडौंमा थिए। उनीहरू किन भारतमा अवैध रूपमा प्रवेश गर्न खोजेका थिए भन्ने खुलेको छैन ।

भारतीय सुरक्षा एजेन्सीहरूले उनीहरूसँग सोधपुछ गरिरहेका छन्। ‘अपरेशन सिन्दूर’पछि भारत–नेपालको रक्सौल सीमामा एसएसबीलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

त्यसकै कारण नेपालबाट आउने–जाने सबै व्यक्तिको रक्सौल नाकामा कडा जाँच भइरहेको छ । भारतमा प्रवेश गर्ने व्यक्तिहरूको परिचयपत्र कडाइका साथ जाँच गरिँदैछ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ५८ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध