‘अपरेसन सिन्दुर’ का दिन बिहारमा जन्मेकी शिशुको नाम राखियो सिन्दुरी « Khabarhub

‘अपरेसन सिन्दुर’ का दिन बिहारमा जन्मेकी शिशुको नाम राखियो सिन्दुरी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बुधबार पाकिस्तानी भूमिमा ‘अपरेसन सिन्दुर’ नामक कारवाही गर्‍यो । भारतमा एक दम्पत्तिले सैन्य कारवाहीका दिन जन्मेकी छोरीको नाम सिन्दुरी राखेका छन् ।

बिहार राज्यको कटिहार जिल्लाका दम्पत्तिले छोरीको नाम सिन्दुरी राखेका हुन् । कटिहारको स्थानीय निजी नर्सिङ होममा बुधबार सबेरै सिन्दुरीको जन्म भएको भारतीय समाचार पोर्टल द प्रिन्टले उल्लेख गरेको छ ।

‘भारतले पाकिस्तानमा गरेको आक्रमणको नाम अपरेसन सिन्दुर राखिएको थियो । हाम्री छोरी ७ मे का दिन ९ बजे जन्मिइन्, त्यसैले हामीले उनको नाम सिन्दुरी राख्ने निर्णय गरेका हौँ ।’ सिन्दुरीका मावली हजुरबुवा कुन्दन मण्डललाई उद्धृत गर्दै द प्रिन्टले जनाएको छ ।

उनले सिन्दुरी पछि गएर भारतीय सेनामा भर्ती हुने विश्वास पनि व्यक्त गरे ।

भारतीय अभिभावकले विभिन्न घटना भएका बेला जन्मिने छोराछोरीको अनौठा नाम राख्ने गरेको उदाहरण छन् । यसअघि छत्तीसगढका दम्पत्तिले कोरोना महामारीका बेला जन्मेका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’ राखेका थिए ।

त्यस्तै, मध्य प्रदेशका अभिभावकले लकडाउनका बेला जन्मेका छोराको नाम ‘लकडाउन यादव’ राखेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : २८ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको