‘अपरेसन सिन्दुर’ का दिन बिहारमा जन्मेकी शिशुको नाम राखियो सिन्दुरी « Khabarhub

‘अपरेसन सिन्दुर’ का दिन बिहारमा जन्मेकी शिशुको नाम राखियो सिन्दुरी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बुधबार पाकिस्तानी भूमिमा ‘अपरेसन सिन्दुर’ नामक कारवाही गर्‍यो । भारतमा एक दम्पत्तिले सैन्य कारवाहीका दिन जन्मेकी छोरीको नाम सिन्दुरी राखेका छन् ।

बिहार राज्यको कटिहार जिल्लाका दम्पत्तिले छोरीको नाम सिन्दुरी राखेका हुन् । कटिहारको स्थानीय निजी नर्सिङ होममा बुधबार सबेरै सिन्दुरीको जन्म भएको भारतीय समाचार पोर्टल द प्रिन्टले उल्लेख गरेको छ ।

‘भारतले पाकिस्तानमा गरेको आक्रमणको नाम अपरेसन सिन्दुर राखिएको थियो । हाम्री छोरी ७ मे का दिन ९ बजे जन्मिइन्, त्यसैले हामीले उनको नाम सिन्दुरी राख्ने निर्णय गरेका हौँ ।’ सिन्दुरीका मावली हजुरबुवा कुन्दन मण्डललाई उद्धृत गर्दै द प्रिन्टले जनाएको छ ।

उनले सिन्दुरी पछि गएर भारतीय सेनामा भर्ती हुने विश्वास पनि व्यक्त गरे ।

भारतीय अभिभावकले विभिन्न घटना भएका बेला जन्मिने छोराछोरीको अनौठा नाम राख्ने गरेको उदाहरण छन् । यसअघि छत्तीसगढका दम्पत्तिले कोरोना महामारीका बेला जन्मेका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’ राखेका थिए ।

त्यस्तै, मध्य प्रदेशका अभिभावकले लकडाउनका बेला जन्मेका छोराको नाम ‘लकडाउन यादव’ राखेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : २८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका