अपरेसन सिन्दुरपछि भारत पाकिस्तानबीच आणविक युद्ध होला ? ग्रह गोचर यसो भन्छन् « Khabarhub

अपरेसन सिन्दुरपछि भारत पाकिस्तानबीच आणविक युद्ध होला ? ग्रह गोचर यसो भन्छन्


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ । गत मे ७ का दिन भारतले पाकिस्तानमाथि गरेको कारवाहीलाई अपरेसन सिन्दुर नाम दिइएको छ ।

यससँगै दक्षिण एशियामा अवस्थित दुई आणविक शक्तिसम्पन्न दुई मुलुकबीच पूर्णस्तरको युद्ध हुने जोखिम बढेर गएको छ । यसबारे ग्रह गोचर के भन्छन् ?

भारतीय ज्योतिष शास्त्रका जानकार निखिल कुमारले भारतीय समाचार पोर्टल एबीपीमा यसबारे जानकारी दिएका छन् । उनका अनुसार गोचरमा शुक्र, शनि र राहुको स्थितिले पाकिस्तानले भारी अपमान र धन हानिको स्थिति देखाएको छ । पाकिस्तानको कमाइको साधनमा लामो समयसम्म रोक लाग्नेछ, जति आयात निर्यात चलिरहेको छ, त्यो सबै बिग्रिने देखिन्छ ।

मे २०२५ सम्म भारतमाथि आक्रमण गरेपनि पाकिस्तानका लागि त्यो आफ्नै खुट्टामा बञ्चरो हानेजस्तै साबित हुनेछ । भारतका तर्फबाट पाकिस्तानी योजनामाथि खरो जवाफ मिल्नेछ ।

गोचरीय स्थिति अनुसार पाकिस्तानले युद्धको घोषणा गर्ने सम्भावना कम छ । यद्यपि पुरानो बानीलाई कायम राख्दै पाकिस्तानले स–साना आतंककारी समूहको प्रयोग गरी भारतमाथि आक्रमण गर्न पछि हट्नेछैन । भारतले यी आतंककारी हमलाको पनि कठोर जवाफ दिइ रहनेछ । यद्यपि भारत स्वयंले युद्धको घोषणा भने गर्नेछैन । आफ्नो शान्तिपूर्ण नीति कायम राख्दै भारतले आतंककारी हमलालाई परास्त गर्न सफल हुनेछ ।

पाकिस्तानले पनि खुलेर युद्धको घोषणा गर्ने पाउने छैन । यदि पाकिस्तानले यस्तो गल्ती गरेको खण्डमा जुन २०२५ सम्म भारतीय सेनाले पाकिस्तानको सबै समस्या समाधान गरिदिनेछ ।

गोचरमा पाकिस्तान र भारतबीच कुनै प्रकारको आणविक युद्ध हुने संकेत मिलेको छैन । न त तृतीय विश्वयुद्ध हुने नै संकेत देखिन्छ । पाकिस्तानले २०२५ जुनसम्म आफ्नो लाज बचाउन पाउने छैन । न त भारतलाई ठूलो नोक्सान पु¥याउन सक्नेछ । र, न त कुनै युद्ध नै घोषणा गर्न पाउने छ । पाकिस्तान दुई महिनासम्म पानी बिनाको माछाजस्तै छट्पटाउने छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : ५१ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक