सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत « Khabarhub

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्रलाई जिल्ला अदालत काठमाडौं लगिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने भएका छन् ।

यसअघि वैशाख २१ मा काठमाडौं जिल्ला अदालतले छैटौँ पटक म्याद थप गर्दै उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनी गत चैत १५ गते साँझ पक्राउ परेका थिए । राजावादीको प्रदर्शनमा भिडलाई उकासेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनलाई बिहीबार सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ । तीनकुनेमा राजावादी समूहको आन्दोलन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो ।

त्यसबेला प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, व्यवसायिक स्थल र सरकारी कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर जबरा भने क्यान्सरको बिरामी भएकाले छुटिसकेका छन् । चैत २८ गते भारतबाट समातिएका दुर्गा प्रसाईं पनि प्रहरीको हिरासतमै छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ११ बजे

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट