गाइजात्रे रुपमा संविधान दिवस नमनाउनुस्– महतो « Khabarhub

गाइजात्रे रुपमा संविधान दिवस नमनाउनुस्– महतो


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ बर्ष सम्म संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाए ।

उनले संविधान संशोधन नभए यसअघिका संविधान जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था श्रृजना हुने भन्दै त्यसतर्फ गम्भीर बन्न चेतावनी दिए ।

सरकारले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै उनले संविधान दिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिए । संविधान दिवस गाइजात्रे रुपमा नमनाउन सरकारसँग महतोले आग्रह गरे । उनले भने,’यो गाइजात्रे दिवस नमनाउनुस् क्या, आफ्नै सरकार पनि दिवस मनाइरहेको छैन, पुरै सरकार । ७० प्रतिशत जनता, दुई तिहाइ जनता त विरोध दिवस, काला दिवस ब्ल्याक आउट गरिरहेको छ।’

संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको दाबी पनि उनको थियो ।

निर्मला प्रकरण, वाईडवडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका घटनाका दोषीलाई कारवाही नभएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । उनले भने,“बालुवाटार बिक्री भइसक्यो । सिंहदरबार कहिले बिक्रि हुने हो त्यो पनि बताइदिनु पर्यो ।”

नागरिकताका सम्बन्धमा न्यायाधीश पिच्छे अलग अलग फैसला आउने गरेको भन्दै उनले भने “कहिले खोल्ने कहिले बन्द गर्ने लोडसेडिङको बेलामा बत्ति आउने जाने जस्तो अदालतको फैसला पनि त्यही भएको छ नागरिकताको सवालमा ।”

उनले सरकारमै सहभागी भएको पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि नै बैधानिकताको प्रश्न उठेको टिप्पणी गरे । महतोले समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न आग्रह गरे ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासमाथि नै अपमान गरेको भन्दै उनले संसद अधिवेशनलाई नै “कालो अध्याय”को रुपमा रहेको टिप्पणी गरे । उनले भने “तपाईको रुलिङलाई पनि सरकारले लगौटी लगाईदियो ।”

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ५ : ०५ बजे

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्