लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन | Khabarhub Khabarhub

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

सिरहा– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिजबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको छ ।

अनुगमन टोलीले यस्ता पसललाई जरिवाना तोकेको छ । जसमा अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई रू १५ हजार, श्याम इलेक्ट्रोललाई १० हजार र मा इन्टरप्राइजेजलाई पाँच हजार जरिवाना तोकेको हो । 

त्यस्तै महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेकृष्ण इम्पेरियम र अर्चिड क्याफेलाई पहिलोपटकलाई सामान्य चेतावनीसहित सचेतीकरण गरिएको छ ।

 इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका अनुसार यी पसलका सञ्चालनकलाई तीन दिनभित्र पसलमा मूल्यसूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ । यदि व्यवसायीले अटेर गरे कानुनबमोजिम कारबाही गरिने प्रमुख सुयालले बताए। 

त्यसैगरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगञ्जका प्रतिनिधि मधुरेशप्रसाद साहले पहिलोपटक भएको बजार अनुगमनमा अखाद्य वस्तु बिक्री गर्नेलाई सचेत गराइएको र दोस्रो चरणको अनुगमनदेखि अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारे। उनले इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न व्यवसायीलाई  निर्देशन दिए । 

अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानका साथमा घरेलु तथा साना उद्योग कार्यालय लहान, जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, सशस्त्र प्रहरीका प्रतिनिधि सम्मीलित रहेका थिए । 

सरकारले निर्धारण गरेको नीतिनियम व्यवसायीले पूर्ण रूपमा पालना गर्नुपर्ने भन्दै जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास सारडाले आगामी दिनमा व्यवसाय सञ्चालनका लागि व्यवसायीलाई स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, घरेलु तथा साना उद्योग कार्यालयको दर्ता प्रमाणपत्र, नापतौल प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयको दर्ता प्रमाणपत्र तथा खरिद बिक्रीको बिलजस्ता कुरा साथमा अनिवार्य राख्न र नवीकरण गर्न आग्रह गरे।
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ११ बजे

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस

कांग्रेस बैठकमा विश्वप्रकाशले भने– छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सभापतिले सम्मानजनक बिदाइ लिनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौंपटक

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य

फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल

काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा