आर्सनलसँग साथह्यामटन पराजित « Khabarhub

आर्सनलसँग साथह्यामटन पराजित


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इङ्ग्लीस प्रिमियर लिगमा आइतबार राति भएको अर्को खेलमा आर्सनलले साउथ ह्यामटनलाई पराजित गरेको छ । इमिरेट्स रंगशालामा भएको खेलमा साउथ ह्यामटन घरेलु टोलीसँग २—० गोल अन्तले पराजित भएको हो ।

साउथ ह्यामटनविरुद्ध आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट र हेनरिक मिख्टीरायनले गोल गर्दै टिमलाई शीर्ष चौथो स्थानमा पुर्‍याउन योगदान गरे ।

खेलको छैठौं मिनेटमा लाकाजेटले गोल गर्दै घरेलु दर्शकमाझ टिमलाई अग्रता दिलाएका थिए । यस्तै, १७ औं मिनेटमा म्खिटारियनले टिमका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा २—० को अवस्थामा पुर्‍याएका थिए ।

पहिलो हाफमा २ गोलले पछि परेको साउथह्यामटनले गोल फर्काउन नसकेपनि आर्सनललाई गोल थप्नबाट रोकेको थियो । खेलको १७ औं मिनेटमा अग्रता बनाएको आर्सनलले बाँकी समयमा गोल थप्न भने सकेन ।

जीतसँगै आर्सनल ५३ अंकसहित लिगको शीर्ष चौथो स्थानमा उक्लिएको छ भने पराजित साउथह्यामटनको २४ अंकरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : ३२ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका