भारतको पक्षमा उभिने सरकारको निर्णयलाई रास्वपाको समर्थन « Khabarhub

भारत–पाकिस्तान तनाव

भारतको पक्षमा उभिने सरकारको निर्णयलाई रास्वपाको समर्थन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत-पाकिस्तान तनावका बीच नेपाल सरकारले भारतको पक्षमा उभिने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज एक विज्ञप्ति जारी गर्दै नेपाल आतंकवादका विरुद्ध उभिनु स्वागतयोग्य रहेको उल्लेख गरेकाे छ ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयले ढिलै गरेर भएपनि, हिजो साँझ वक्तव्यमार्फत सार्वजनिक गरेको आतंकवादका विरुद्धको अडानको स्वागत गर्दै भारत-पाकिस्तानबीच ‘युद्ध’ को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावको आँकलन गरी  योजना निर्माण गर्न माग गर्दछु।’ 

एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मिरमा  भएको आतंकवादी हमलाप्रति रास्वपाले कडा निन्दा गरेको छ ।  यसैबीच पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेका छन् ।

विद्यार्थीहरूकाे तुरुन्त उद्धार र सुरक्षाको पहल गर्न साथै संसदलाई समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन र रुलिङ गर्न विज्ञप्तिमा माग गरिएकाे छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ३८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको