पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित | Khabarhub Khabarhub

पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ ।

भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण शुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ ।

बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता शहरहरूमा रहेका छन् ।

एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् ।

स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।

भारतीय एयरलाइन्सहरूले अन्य विमानस्थलहरूबाट उड्ने यात्रुहरूलाई सुरक्षा उपायहरू बढाउने सरकारी सूचना उल्लेख गर्दै प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् ।

बुधबारको आक्रमणहरू नयाँदिल्लीले विवादित काश्मीरको भारत प्रशासित भागमा पर्यटकहरूमाथि भएको आक्रमणलाई समर्थन गरेको आरोप इस्लामावादमाथि लगाएको दुई हप्तापछि आएको हो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

त्यसयता मुख्य प्रतिद्वन्द्वीहरूले काश्मीरमा आफ्नो विवादित सीमा पार गरेर ड्रोन र क्षेप्यास्त्रहरूका साथै तोप चलाएका छन् । हिंसाले दक्षिण एशियाका दुई छिमेकीबीच व्यापक सङ्घर्षको डर बढाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ४६ बजे

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान