रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त : पाकिस्तान | Khabarhub Khabarhub

रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त : पाकिस्तान


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले रफायलसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेका हुन् ।

‘यो रफाइलमात्रै होइन, भारतको अभिमान पनि खसेको छ ।’ राष्ट्रियसभामा उनले भने । रफायल लडाकु विमान गुमाएपछि भारतले ‘कायरतापूर्वक’ चालकरहित हवाइ उपकरण ड्रोनको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण गरेको बताए ।

उनले आफ्नो मुलुकमा प्रहार भएका २५ वटा ड्रोन ध्वस्त पारेको पनि राष्ट्रियसभालाई जानकारी दिए । उनले कश्मीरको लाइन अफ कन्ट्रोलमा भएको झडपका क्रममा ५० जना भारतीय सैनिक मारिएको पनि दाबी गरे ।

उनले पछिल्ला विकसित घटनाक्रमसँगै पाकिस्तानी सेनालाई पूर्ण अख्तियारी दिएको उल्लेख गर्दै उपयुक्त समय र स्थानमा भारतलाई कठोर जवाफ दिइने उल्लेख गरे ।

यसअघि पाकिस्तानले भारतीय वायुसेनाको तीन वटा रफायलसहित ५ लडाकु विमान खसालेको दाबी गरेको थियो । भारतले पाकिस्तानी दाबीबारे मुख खोलेको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ०० बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ