पोखरा स्पोर्ट्स अवार्ड : राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड « Khabarhub

पोखरा स्पोर्ट्स अवार्ड : राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा तामाङलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा तामाङसँगै भलिबलका रमेश केसी र टेनिसका निरज थापा पनि मनोनयनमा परेका थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षक तामाङलाई नगद ३५ हजार रूपैयाँको साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मुक्तिनाथ विकाश बैंक गण्डकीका प्रमुख रसिक भण्डारी, टाइगर ग्रुप अफ पोखराका सचिव डिबी नेपालीलगायतले नगद, प्रमाणपत्र र अवार्ड अर्पण गरेका थिए ।

को हुन राजेन्द्र तामाङ ?

कास्कीका राजेन्द्र तामाङ फुटबल क्षेत्रका उत्कृष्ट प्रशिक्षकको रुपमा चिनिन्छन् । उनी हाल नेपाली महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक हुन् । तामाङ वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालका प्रमुख प्रशिक्षकको अनुभव बटुलिसकेका छन् । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका प्रशिक्षकहरुको संगठन नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्ष समेत हुन् ।

त्यस्तै उनले सन २००६ मा सि, सन २०११ मा बि र सन २०१६ मा ए ग्रेडको प्रशिक्षक लाईसेन्स प्राप्त गरिसकेका छन् । साथै तामाङले ०७१/०७२ मा सम्पन्न लिगमा उत्कृष्ट कोचको पुरस्कार पाइसकेका छन् । 

जापान फुटबल संघबाट सन २०१७ मा सि ग्रेडको इन्सटक्टर कोर्ष पुरा गरिसकेका उनी २०८१ कात्तिकमा सम्पन्न साफ महिला च्याम्पिनसीपमा नेपाली टोलीको मुख्य प्रशिक्षक थिए भने उक्त च्याम्पियनसिपमा नेपाललाई उपबिजेता बनाउन सफल भएका थिए ।

यस्तै २०८१ फागुनमा सम्पन्न फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका थिए । त्यसैगरि तामाङ मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, विभागीय नेपाल एपीएफ क्लबको पुर्व प्रशिक्षक समेत हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ५५ बजे

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच