विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन « Khabarhub

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध जारी राखेको ‘अपरेशन सिन्दूर’ पाकिस्तानविरुद्ध नरहेको प्रष्ट पारेका छन् । उनले भारतीय कर्णेल कुरैशी र विङ्ग कमाण्डर सिंहले उपलब्ध गराएको जानकारी सम्बन्धी नयाँ अद्यावधिकसहितको जानकारीका आधारमा वक्तव्य जारी गरेका छन् ।

नेपालस्थित भारतीय राजदूतावासको आधिकारिक ‘एक्स ह्याण्डल’ मार्फत् वक्तव्य जारी गर्दै विदेश सचिव मिस्रीले पाकिस्तानी सेना, सैनिक संरचना र सर्वसाधारणलाई आक्रमण नगरी आतंकवादीहरूको ठेगानामा मात्र पहिचानसहित हमला गरिएको वक्तव्यमा उल्लेख गरेका छन् ।

पाकिस्तानले माग गर्दै आएको अन्तर्राष्ट्रिय समुदायसहितको संयुक्त अनुसन्धान समिति आतंककारीको बचाउ गर्ने रणनीति भएको बताएका छन् । उनले पाकिस्तानमा अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघबाट समेत प्रतिबन्धित आतंककारीहरूको आश्रयस्थल रहेको बताए । विदेश सचिव मिस्रीले इस्लामावादले भनेजस्तो संयुक्त अनुसन्धान समिति गठन गर्न तत्काल सम्भव नरहेको विज्ञप्तिमार्फत् प्रष्ट्याएका छन् । उनले पाकिस्तानले आरोप लगाएजस्तो मस्जिदमा हमला नगरिएको उल्लेख गरेका छन् । उनले आतंकवादी ठेगानामा हमला गरिएको जनाएका छन् ।

विज्ञप्तिमा मिस्रीले उल्लेख गरेका छन्– ‘यी हमलामा संलग्न आफूलाई ‘द रेसिसटेन्स फ्रन्ट’ भनी चिनाउने समूहमाथि म यहाँहरू सबैको ध्यान आकर्षित गर्न चाहन्छु । यो समूह पाकिस्तानमा रहेको चिरपरिचित आतंकवादी समूह लश्कर–ए–तैयबाकै एक मोर्चा हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जब संयुक्त राष्ट्रको सुरक्षा समितिले पहलगाम हमलाबारे एक प्रेस विज्ञप्ति जारी गर्ने कुरा चलिरहेको थियो त्यस विज्ञप्तिमा टीआरएफ, द रेसिस्टेन्स फ्रन्ट उल्लेख गर्न खोज्दा कुन देशले विरोध जनाएको होला– पाकिस्तानले ।’

विज्ञप्तिमार्फत् विदेश सचिव मिस्रीले यो घटना एकपटक नभई दुईदुई पटक भएको उल्लेख गरेका छन् । पहिलो चोटी अप्रिल २२ गते घटना भएको थियो । त्यसपछि पुनः अप्रिल २३ गते बिहान हमला भएको थियो । यसको जिम्मेवारी टीआरएफले लिएको थियो ।

विज्ञप्तिमा विदेश सचिव मिस्रीले आक्रमणमा सर्वसाधारण व्यक्ति मारिएको भए प्रश्न उठाउन जायज हुने उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘तर सर्वसाधारणको अन्त्येष्टि पाकिस्तानी झण्डाले बेरेका कफिनमा गरिएको छ र तिनीहरूलाई राजकीय सम्मान दिइएको छ । हाम्रो दृष्टिकोणमा ती स्थानहरूमा मारिएका व्यक्ति आतङ्ककारीहरू थिए । आतङ्ककारीहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नु पाकिस्तानमा अभ्यास हुन सक्छ तर हामीलाई त्यो कुनै अर्थपूर्ण कार्यजस्तो लाग्दैन ।’

हेर्नुहोस् वक्तव्य

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ३७ बजे

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका