भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो | Khabarhub Khabarhub

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती क्षेत्रमा पनि विशेष सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। भारतको खुला सीमा नेपालसँग जोडिएकाले उच्च सतर्कता घोषणा गरिएको छ।

भारत–नेपाल सीमा क्षेत्रमा पनि अब सुरक्षा बढाइएको छ। थप सुरक्षाकर्मीहरू सीमामा खटाइएका छन्। दिनसँगै राति पनि कडा गस्तीको निर्देशन दिइएको छ। प्रहरी र एसएसबी (सशस्त्र सीमा बल) का जवानहरू दुर्गम तथा कच्ची सडकमा पनि निगरानीमा निस्केका छन्।

उता उत्तर प्रदेशको पिलीभीत क्षेत्रमा शुक्रबार दिउँसो ‘यलो अलर्ट’को अभ्यास गरिँदै सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउने कोसिस गरिएको छ। जिल्ला अधिकारी (डीएम) र प्रहरी प्रमुख (एसपी)ले सहरको निरीक्षण गरेका छन्।

सीमामा थप फोर्स तैनाथ

तनाव बढेपछि सीमावर्ती इलाकामा निगरानी कडा पारिएको छ । नेपालतर्फ खुला सीमा रहेका कारण शुक्रबार निर्देशनअनुसार थप फोर्स पठाइएको छ। क्षेत्रीय प्रहरीसहित पीएससीका दुई टोलीहरू सीमामा तैनाथ गरिएका छन्।

प्रहरी र एसएसबीले संयुक्त रूपमा सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका छन् । आवतजावत गर्ने नागरिकहरूको कडाईका साथ जाँच भइरहेको छ। पक्की सडकसँगै कच्ची बाटोमासमेत विशेष निगरानी राखिएको छ । नदी करिडोरमा पनि निगरानी कडा बनाइएको छ।

पुलिस र एसएसबीको संयुक्त गस्ती

उत्तरप्रदेशको पिलीभित क्षेत्रमा सतर्कता अपनाइएको छ। यसअघि त्यहाँ मोक ड्रिल पनि गरिएको थियो। शहरको सुरक्षा व्यवस्थामा निगरानी बढाइएको छ।

सीमा क्षेत्रमा थप प्रहरी फोर्स तैनाथ गरेर निगरानीलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको छ। पिलभितका प्रहरी प्रमुख अभिषेक यादवले संयुक्त रूपमा नियमित गस्ती गरिरहेका बताएका छन्।

नेपाली सीमामा कडा सुरक्षा

उत्तरप्रदेशको लखिमपुर खिरी जिल्लासँग जोडिएको भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गौरीफन्टा नाकामा उच्च सतर्कता लागू गरिएको छ।

लगातार तेस्रो दिन शुक्रबार एसएसबीले सीमा क्षेत्रमा कडाईका साथ जाँच र गस्ती बढाएको छ। मोहना नदीको घाट क्षेत्रमा पनि गस्ती र पेट्रोलिङ बढाइएको छ।

नेपाल आवतजावत गर्ने व्यक्तिहरू तथा सवारी साधनलाई कडाईसाथ जाँच भइरहेको छ। परिचयपत्रसहितका प्रमाणहरू जाँच्नुका साथै सवारी साधन चेक गरेर यात्रुसँग सोधपुछको क्रम बढाइएको छ।

याे पनि…

दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : १८ बजे

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ