महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित  « Khabarhub

महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित 


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे । 

नेपालका लागि कविता कुँवरले १८ रन जोडिन् । यस्तै, सम्झना खड्काले १३, इन्दु वर्माले ७ रन बनाइन् ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले ३४ रन बनाइन् ।

यो जितसँगै तीन अङ्क जोडेको नेपाल तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

नेपाल र हङकङबीचको पहिलो खेल शुक्रबार वर्षाका कारण रद्द भएपछि दुवैले एक–एक अङ्क बाँडेका थिए ।

नेपालले अब मङ्गलबार हङकङ र बिहीबार बहराइनसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ११ : २० बजे

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा