वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते « Khabarhub

वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग  (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख २९ र ३० गते हुने भएको छ ।

शनिबार बिहान वाईसीएल नेपालले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मलेनको वीरेन्द्रनगरको पिपल चौतारामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले बताए ।

भण्डारीले सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ७१८ वडास्तरबाट १/१ जना प्रतिनिधि र ९९ सदस्यीय सम्मेलन आयोजक समितिसहित कुल ८१७ प्रतिनिधिको उपस्थित रहने उनले बताए ।

सम्मेलनले वाईसीएल कर्णाली प्रदेश समिति निर्वाचित गर्ने र आगामी नीति तथा कार्यक्रम पारित गर्ने तथा राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रतिनिधि पर्यवेक्षकको छनोट गर्ने संयोजक भण्डारीले जानकारी दिए ।

वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन आगामी जेठ १७, १८ र १९ गते हुँदैछ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ०४ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार