कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड « Khabarhub

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चुनौति रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित निर्मल लामाको २५औं स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादीहरूले आफूहरुमाथि भ्रम छर्ने र षड्यन्त्र गर्ने गरेको भन्दै कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चुनौति रहेको बताएका हुन् ।

उनले बिचार, मुद्दा र वर्गलाई केन्द्रीत गरेर एकपटक यथास्थितिलाई भत्काउँदै रूपान्तरणसहित समाजवादी क्रान्तिलाई अघि बढाउन खोजेको उल्लेख गरे । इतिहासबाट राम्रा कुरा सिकेर क्रान्तिलाई अगाडि बढाउने संकल्प गर्दा प्रतिक्रियावादी र अवसरवादीहरूले नेतृत्वमाथि हमला गर्न सक्ने भएकाले सचेत हुनुपर्ने उनले बताए ।

प्रचण्डले राजनीतिक मुद्दा केन्द्रीत भएर समाजवादको आधार तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ५४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको