टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन | Khabarhub Khabarhub

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

टीआरसी  छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णत उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।

प्रदर्शनकारीहरूले सिफारिस समिति खबरदार, जबरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस्, भागबन्डाको समिति मान्दैनौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सरकार र दल नियन्त्रित प्रकृयाबाट बनाइने आयोग नमान्ने जनाएका छन् ।

साथै द्वन्द्व पीडित समुदायले आफूहरूको माग सम्बोधन नभए पीडितहरूको अगुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : १० बजे

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश