इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने | Khabarhub Khabarhub

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतबार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन् ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ ।

 उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित हटाउने उपायहरूसम्बन्धी छलफल गर्नु हो। मन्त्री अराघचीका अनुसार इरान वार्तामा आफ्नो सिद्धान्तमा आधारित स्पष्ट र स्थिर अडानमा दृढ रहन्छ, यद्यपि अमेरिकी पक्षबाट विरोधाभासी सन्देशहरू आइरहेका छन्।

उनले यस वार्ताअघि साउदी अरेबिया र कतारको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी पनि दिए । उनी रियाधमा क्षेत्रीय विषयहरूमा परामर्श गर्नुहुनेछ र दोहामा आयोजना हुने ‘इरान–अरब विश्व संवाद’ सम्मेलनमा सहभागी हुने तयारीमा छन् । 

हालसम्म इरान र अमेरिकाबीच तीन चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन्। चौथो चरणको वार्ता मे ३ मा रोममा तय गरिएको भए पनि ओमानले प्राविधिक कारण देखाउँदै स्थगित गरेको थियो।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : १६ बजे

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का ?

काठमाडौं– गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको

रास्वपाले उम्मेदवार छान्नेबित्तिकै झमेला, के गर्दैछन् अरु दल ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा हुन गइरहेको

गोरखामा बस दुर्घटना

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ ।

देशभरको मौसम बदली रहने, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । बैठक