शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा « Khabarhub

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो । हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।  

निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब भने निर्माण सम्पन्न हुने आशा गरिएको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धाँमीले बताए। 

अस्पताल भवन निर्माणका लागि विसं २०७८ असार ७ गते छ करोड २४ लाख ५८ हजार १०३ मा एमके निरज जेभीले ठेक्का लिएको थियो । भवन निर्माणका लागि थप गरिएको म्याद गत मङ्सिरमै सकिएको छ । 

निर्माण व्यवसायीले जरिवाना तिर्दै भवन निर्माणलाई निरन्तरता दिएको छ । अब भवनको प्रवेशद्वार, विद्युत् जडान, खानेपानी जडान, रङ्गरोगन, झयाल, ढोकालगायत ‘फिनिसिङ’को काम बाँकी छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : २७ बजे

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार

गायक सुशान्तको १० लाख सहयोग

काठमाडौं – गायक सुशान्त केसीले रसुवा बाढी पीडितलाई १० लाख