सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री | Khabarhub Khabarhub

सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा उद्‌घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका हुन्।

देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानीत नागरिकका रुपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए ।

उनले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके बितरण प्रणालीमा नै असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा कुनै विवाद नरहेको धारणा राखे ।

उनले बजेट निर्माणका सन्दर्भमा व्यवसायीहरूको सुझावलाई महत्वका साथ आफूले हेरेको बताए ।  

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ४४ बजे

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर

मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु

मध्यविन्दु– यहाँको कावासोती नगरपालिका-१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको

सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला

इटहरी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध