विश्लेषणको आधारमा मुलुकलाई अघि बढाउन आवश्यक : सभामुख | Khabarhub Khabarhub

विश्लेषणको आधारमा मुलुकलाई अघि बढाउन आवश्यक : सभामुख


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरूले देशको अहिलेको अवस्थाको सही ढङ्गले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन् । 

पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सही ढङ्गले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका हुन् ।

विश्लेषणका आधारमा मुलुकलाई अघि बढाउन उपयुक्त निर्णय लिनसक्नुपर्ने उनको भनाइ छ । सभामुख घिमिरेले चैत्र १५ गते भएको हिंसात्मक घटनाको चर्चा भइरहेको अवस्थामा अहिलेको प्रणालीको विरुद्धमा समेत भएका टिकाटिप्पणी यथार्थपरक नभएको उल्लेख गरे ।

व्यवस्था परिवर्तन भएपछि अवस्था परिवर्तन भएन भन्ने विश्लेषण जनताले गरेपनि यथार्थमा त्यस्तो नभएको उनले बताए। सभामुख घिमिरेले विभिन्न आन्दोलनबाट आएको व्यवस्थाकै कारण मुलुकको अवस्थामा व्यापक परिवर्तन भएको जिकिर गरे। व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्यमा टेकेर इतिहासलाई फर्काउन चाहने शक्तिहरूले टाउको उठाइरहेकाले संसद्का गतिविधिहरू गम्भीर हुनुपर्ने उनले बताए । 

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै मिलेर देशमा सुशासन कायम गर्न सके जनताले विश्वास गर्ने बताए । उनले जनताको चाहना पुरा गर्ने दायित्व सरकारको भएको धारणा राखे । सरकारमा रहँदा एउटा कुरा गर्ने र प्रतिपक्षीमा रहँदा अर्को कुरा गर्ने परिपाटीले जनतामा भ्रम सिर्जना हुने गरेको उनले बताए । 

उनले नेताहरूले जथाभावी बोल्ने गरेका कारण राजावादीहरू भ्रम फैलाउन सक्रिय भएकाले लोकतन्त्रवादीहरुले मिलेर जवाफ दिनुपर्ने उल्लेख गरे । 

भिडियाेमा हेर्नुहाेस्:

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ५० बजे

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम

ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान

आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ?

काठमाडौं– शनिबार पनि भारत र पाकिस्तानबीच आक्रमण–प्रत्याक्रमण जारी छ ।

केशर पुस्तकालय : नेशनल डिजिटल लाइब्रेरी बनाउने लक्ष्य, बजेट नहुँदा समस्या

काठमाडौं – पहिला पहिला भनिन्थ्यो– ‘नयाँ पुस्तक किन, पुरानो कोट