क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि « Khabarhub

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिसटिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ ।

यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम् दर हो ।

निकायका अनुसार, अप्रिल महिनामा रोजगारी खोजिरहेका व्यक्तिहरूले अघिल्लो वर्षको तुलनामा अझै बढी कठिनाइको सामना गर्नु परेको देखिएको छ । मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो ।

अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन देखिएन भने रोजगारी दर ०.१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको बताइएको छ ।

१५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीमध्ये १३.२ प्रतिशतले आफ्नो कार्यस्थलमा आगामी छ महिनाभित्र कर्मचारी सङ्ख्या घट्ने अपेक्षा व्यक्त गरेका छन् । 

यस्तै, अमेरिकी मागमा निर्भर क्यानाडेली निर्यात उद्योगमा कार्यरत कर्मचारीहरूमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : ३० बजे

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले