गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री « Khabarhub

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताएका छन् ।

सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताए । 

कन्फुसियसले प्रतिपादन गर्नुभएको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बुद्धले देखाएको मार्गमा हिँड्न र उनले दिएको शिक्षा अनुशरण हुनुपर्नेमा जोड दिए । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमाल भएको हाम्रो देशलाई  पर्यापर्यटनका साथै उत्तम ढङ्गले अतिथिको  सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गरे। 
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ३ : ४६ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा