वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही « Khabarhub

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्। 

रेड कार्यान्वयन केन्द्रद्वारा आयोजित दोस्रो वन सम्वर्द्धन राष्ट्रिय गोष्ठीको उद्‌घाटन गर्दै उनले वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए।

‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने विचार व्यक्त गर्दै मन्त्री शाहीले देशको वन क्षेत्रको समग्र सुधार र आगामी दशकको दिगो दिशा तय गर्न गोष्ठी उपयोगी हुने बताए।

 उनले भने,’वन क्षेत्रको वर्गीकरण, ‘थिनिङ’, कटानी, पुनःरोपण, प्रजातिको सन्तुलन, तथा ‘रोटेसन’लगायत वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशीलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ ।’

वन हरित पूर्वाधार, जीवन, जलवायु र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै मन्त्री शाहीले वनसम्बन्धी नीति, संरचना र मार्गदर्शनको स्पष्टताबाट वन क्षेत्रको उपयोगमा सरोकार भएका निकायहरूसँग सहकार्य गर्न सहज हुने बताए। 

उनले मुलुकमा पर्याप्त वन क्षेत्र भए पनि काठ र फर्निचर विदेशबाट आयात गरिरहनपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए ।  
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : १० बजे

प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन

भक्तपुर– बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारी

रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन 

रसुवा– उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे)

पर्यटकको चापसँगै बुकीपाटनमा फोहाेर बढ्दो, स्थानीय भन्छन्- घाँस खाँदा वस्तुभाउ बिरामी परेर मर्न थाले

ढोरपाटन– नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण