'भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक'  | Khabarhub Khabarhub

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताएका छन् ।

नेपाल भाषा, एकेडेमीद्वारा आयोजित ‘नेवाः प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्‌घाटन गर्दै उनले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताए।

उपप्रधानमन्त्री  सिंहले भने, ‘सम्पदाका रुपमा रहेका पहिचानको संरक्षण गर्दै नेवार समुदाय राजनीतिमा पनि आउन जरुरी छ, कार्यक्रमको निचोड समुदायका सबै तह र तप्काले थाहा पाउनुपर्छ ।’

काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले नेपालको मौलिक संस्कृति र संस्कार बोकेको नेवार समुदायको परिचयका रुपमा रहेका खानपान, बाजागाजा, रहनसहन, जात्रा, वेशभूषा, कृषिकर्म र शिल्प ज्ञानलाई विज्ञान र आधुनिकतासँग जोड्नसके नयाँपुस्तालाई आफ्नो सभ्यता अघि बढाउन सहज हुने धारणा व्यक्त गरिन्। 

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधि राम मादेनले आदिवासी समुदायभित्र आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचान जोगाउने सूचीमा नेवार समुदाय अग्रस्थानमा रहेको उल्लेख गरे। प्रतिष्ठानका उपकुलपति पुष्पराज राजकर्णीकारले विश्वमै एउटा सभ्यताका रुपमा रहेको नेवारी समुदायले गर्दै आएका खेतीपाती, जात्रा, पर्व र शिल्पज्ञानलगायत  प्राविधिक विषयलाई थप परिस्कृत गर्दै लैजान आवश्यक रहेको धारणा राखे । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : १९ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ