चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग « Khabarhub

चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा भएको घटनाको आवरणमा सरकार प्रतिसोधका रुपमा प्रस्तुत भइरहेको बताएका छन् ।

राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा पुगेका अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरि झुटा मुद्दा लगाएको भन्दै सरकार प्रतिसोधका रुपमा प्रस्तुत भइरहेको बताएका हुन् ।

सबैको बयान सकिएको अवस्थामा पनि वर्तमान सरकारले उनीहरूमथि अनेकौँ झुटा मुद्दा लगाउने दुष्प्रयास गरिरहेको र ४३ दिनदेखि थुनामा राखिरहेको उनले बताए । अध्यक्ष थापाले उक्त घटनामा पक्राउ गरेकालाई छिटो भन्दा छिटो रिहा गर्न माग गरे ।

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी नभएको उनले बताए । मिश्र लगायतका नेताहरू चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।   

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : ५१ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको