ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : वर्षमान पुन « Khabarhub

ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : वर्षमान पुन


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको गलत रबैयाबाट हौसिएर प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गरेको बताएका छन् । 

पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशनलाई शनिबार राजधानीमा उद्‌घाटन गर्दै पुनले  राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाए । 

ओलीले सहकारी, भुटानी शरणार्थी र मिटर व्याजमा मुछिएका सत्तारुढ दल निकटका व्यक्तिहरूलाई छानीछानी जोगाउने र विपक्षीमाथि प्रतिशोध साँधेको उनको टिप्पणी थियो ।

 ‘ओलीजीले बिचौलियालाई प्रोत्साहन गर्दा प्रतिगामीहरूले चलखेल गर्ने मौका पाएका छन् । सहकारी र मिटरब्याज प्रकरणमा संलग्न आफ्नालाई छानबिन पनि हुँदैन, मुद्दा पनि चल्दैन, पक्राउ पनि गरिँदैन । तर, विपक्षीलाई खोजीखोजी प्रतिशोध साँध्न खोज्दा व्यवस्थामाथि नै प्रश्न उठाएर प्रतिगामीहरूले फाइदा लिन खोजेका छन् ।’

पुनले दुई तिहाइको शक्तिशाली सरकारले मुलुक र जनताका लागि राम्रो काम गर्नुको साटो उल्टै व्यवस्थाको बदनाम गरेको टिप्पणी गरे । पुनले बिचौलिया र प्रतिगामी शक्तिविरुद्ध आफूहरू सँधै लड्ने चेतावनी दिए । 

‘दलाल, बिचौलिया र आसेपासेलाई जनताको पसिना चुस्न दिएर व्यवस्थाको बदनाम गर्न पाइँदैन’, उनले भने, ‘बिचौलिया र प्रतिगामीहरूलाई परास्त नगरी समाजवादीको यात्रामा अघि बढ्न सम्भव छैन ।’ 

उनले विगतमा कर्मचारी, सचिवको सरुवा र मन्त्री नियुक्त गर्ने गरेका बिचौलिया वर्ग अहिले सरकार नै फेर्ने हैसियतमा पुगेको उनको भनाइ थियो । सुशासनको पक्षमा काम गर्दा र बिचौलियासँग झुक्न तयार नभएका कारण प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालिएको पुनले बताए ।

 आफूहरूले निजी क्षेत्रका सबैलाई नभई लगानी र प्रतिस्पर्धाबिनै लाइसेन्स बेचेर नाफा कमाउने वर्गलाई बिचौलिया भनेको उनको प्रष्टिकरण थियो । फरक प्रसङ्गमा पुनले सार्वभौम नागरिक भइसकेका जनता फेरि रैतीमा फर्कन र वंश परम्पराबाट शासित हुन नचाहने भन्दै प्रतिगामी शक्तिहरू सफल नहुने चेतावनी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ४८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर