भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि « Khabarhub

भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको पाकिस्तानका विदेशमन्त्री इशक दारले पुष्टि गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पाकिस्तानका उपप्रधानमन्त्री समेत रहेका दारले दुई मुलुक युद्धविरामका लागि सहमत भएको पुष्टि गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यस्थतामा दुई मुलुक तत्काल लागू हुनेगरी पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए । ट्रम्पले युद्धविरामको घोषणा गरेको केही समयलगत्तै विदेशमन्त्री दारले यसको पुष्टि गरेका हुन् ।

उनले सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै असर नपर्नेगरी आफ्नो मुलुक पाकिस्तान जहिले पनि यस क्षेत्रमा शान्ति र सुरक्षाको पक्षमा रहेको समेत बताएका छन् ।

यसबारे भारतीय पक्षले पनि चाँडै मुख खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : १० बजे

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी