सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला | Khabarhub Khabarhub

सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

इटहरी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताएका छन्। आज यहाँ नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश सम्मेलनमा उनले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताए। 

कांग्रेस राष्ट्रियसभाका नेता सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको धारणा राखे। 

‘सङ्घीयतामा जानु भनेको सङ्घीयताको मर्मअनुसारका व्यवस्था इमानदारीका साथ कार्यान्वयन गर्नु हो तर हरेक क्षेत्रमा समस्या छ । भएकै अधिकारको पनि विकेन्द्रीकरण गर्न सकेका छैनौँ । यसर्थ हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन’, उनले भने। 

नेता सिटौलाले दुई ठूला पार्टी नेकपा (एमाले) र कांग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गरे। उनले भने, ‘अब सबै दलहरूले एकपटक छलफल गर्ने बेला आएको छ । सङ्घीय राज्य व्यवस्थाले जनताको अपेक्षालाई कतिको सम्बोधन गर्न सकेको छ भन्ने कुरा सबै दलले एकपटक सोच्न आवश्यक छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ७ : २३ बजे

बाराबाट राजश्व छलीको ४३ लाखको सामानसहित ट्रक नियन्त्रण

बारा– जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा

१२ वर्षसम्म पनि अलपत्र राजधानीकै तीनकुने र टेकुको पुल

काठमाडौं– एकै समयमा निर्माण सुरु भएका काठमाडौंको तीनकुने र टेकु-कालीमाटी

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा– सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा