अमेरिकाले चिनियाँ सामानको अतिरिक्त भन्सार शुल्क तत्काल नबढाउने « Khabarhub

अमेरिकाले चिनियाँ सामानको अतिरिक्त भन्सार शुल्क तत्काल नबढाउने


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट आउने सामानमा लगाउने अतिरिक्त भन्सार शुल्क तत्कालै नलगाउने घोषणा गरेका छन्।

अमेरिका र चीनबीचको व्यापार वार्ता फलदायी भइरहेको भन्दै राष्ट्रपति ट्रम्पले थप सामानमाथीको अतिरिक्त भन्सार बढाउने निर्णय तत्कालका लागि लागू नगर्ने बताएका हुन।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले चीनसँगको व्यापार वार्तामा प्रगति भइरहेको उल्लेख गरेका छन् । उनले बौद्धिक सम्पती, प्रविधिलगायत विषयका वार्तामा प्रगति भइरहेकोले अतिरिक्त भन्सार शुल्कमा ढिलाई गरिएको जनाएका छन्।

हेर्नुहोस् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्‌वीट

हाल १० प्रतिशत चिनियाँ समानहरुमा लगाइएको अतिरिक्त भन्सार शुल्क २५ प्रतिशतमा पुर्‍याउने अमेरिकी योजनालाई चिनियाँ प्रतिनिधिहरुसँगको वार्तापछि स्थगित गरिएको हो।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : ५६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४