भोजपुरमा इ-लर्निङ कक्षाका लागि ईश्वर मन्दिरबाट सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

भोजपुरमा इ-लर्निङ कक्षाका लागि ईश्वर मन्दिरबाट सामग्री हस्तान्तरण


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका– ८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इ-लर्निङ कक्ष’ सञ्चालनमा ल्याइएको छ । कक्षा सञ्चालनका लागि १० थान कम्प्युटर र  आवश्यक उपकरण  जडान गरिएको छ ।

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौं नामक संस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको हो ।

उक्त संस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इ-लर्निङ कक्षा’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ ।

किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इ-लर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताए । उनले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्ने धारणा राखे ।

ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री बन्न आवश्यक रहेको र विद्यालयमा संस्थाले इ-लर्निङ सेन्टर स्थापनाका लागि गरेको सहयोगले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पनि प्रविधिमैत्री र सक्षम हुने विश्वास व्यक्त गरे ।

इ-लर्निङ कक्षको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ ।

ईश्वर मन्दिरका महासचिव सङ्केत कोइरालाले कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालयस्तरबाट नै यो अनिवार्य भएको बताए । उनले कपी र पेन्सिलले मात्र प्रविधिको युगमा अगाडि बढ्न नसकिने भएकाले अनलाइन कक्षाका लागि पनि इ-लर्निङ कक्ष आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ११ बजे

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध किसान महासंघ आन्दोलित

काठमाडौं– भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत

बागलुङमा डेङ्गी बढेपछि ‘खोज तथा नष्ट’ अभियान

गलकोट– बागलुङमा डेङ्गीको सङ्क्रमण बढेसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु