प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल « Khabarhub

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले प्रचण्डका हरेक बोलीमा तथ्य नभइ कुण्ठामात्रै रहेको टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष दाहालले सरकारबारे गरेको टिप्पणी र सरकार डरले रुझेको बिरालो जस्तै बनेको भन्ने अभिव्यक्तिको जवाफ स्वरुप महासचिव पोखरेलले सरकारका उपलब्धि प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने कुरा एउटा पनि नगरेको बताएका थिए। ‘यो सरकारको रुझेको बिरालोको हालत भएको छ,’ उनले भनेका थिए, ‘सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ।’

महासचिव पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको भन्दा अहिले राजश्वमा उल्लेख वृद्धि भएको जनाएका छन् ।

उनले विदेशी मुद्राको सञ्चिती बढेको, शोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको बताएका छन् ।

यस्तै, निर्माण व्यवसायीलाई काम वापतको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तिव्रता आएको लगायत १२ बुँदे उपलब्धि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ३५ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली