राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ « Khabarhub

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै पछिल्ला दिनहरूमा देशवासीले देखाएको सामर्थ्य र धैर्यको प्रशंसा गरेका छन् ।

उनले ‘अपरेशन सिन्दूर’ मा साहस देखाउने भारतीय सेनाको उच्च सम्मान गर्दै यो सफलता देशका आमाबुबा, दिदीबहिनीलाई समर्पित रहेको पनि बताए।

प्रधानमन्त्री मोदीले २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाले सम्पूर्ण भारत र विश्वलाई हल्लाएको बताए। उनले निर्दोष नागरिकलाई धर्मका आधारमा क्रूरतापूर्वक हत्या गर्नु आतंकको घिनलाग्दो रूप भएको पनि बताए।

देशका सबै वर्ग र राजनीतिक दलहरू मिलेर कडा कारबाहीको माग गरेका उनले स्मरण गरे । त्यसपछि सुरक्षाफौजलाई कारबाहीका लागि पूर्ण स्वतन्त्रता दिइएको पनि उनले उल्लेख गरे ।

‘आज प्रत्येक आतंककारीले बुझिसकेको छ कि भारतका छोरी(बहिनीहरूको सिन्दूर मेटाउनेहरूको अन्त्य निश्चित छ,’ प्रधानमन्त्री मोदीले चेतावनी दिँदै भने।’अपरेसन सिन्दूर’ ले नयाँ मानक बनायो ।

प्रधानमन्त्री मोदीले ६ मे राति र ७ मे बिहान भारतीय सेनाले पाकिस्तानस्थित आतंकवादी शिविरहरूमा सटीक आक्रमण गरेको जिकिर पनि गरे । बहावलपुर र मुरिद्के जस्ता आतंकवादका केन्द्रहरू ध्वस्त पारिएको उनको दाबी छ ।

‘त्यस कारबाहीमा १०० भन्दा बढी कुख्यात आतंककारीहरू मारिएका छन्, जसमध्ये दशकौंसम्म पाकिस्तानमा खुलेआम घुम्ने शीर्ष आतंकवादी नेता पनि छन्,’ उनले भने ।

पाकिस्तानको दुस्साहसलाई भारतको जवाफ

प्रधानमन्त्री मोदीले भारतको कारबाहीबाट पाकिस्तानलाई नराम्रोसँग झस्काएको पनि बताएका छन् । उक्त कारबाहीपछि पाकिस्तानी सेनाले भारतका विद्यालय, मन्दिर र नागरिकहरूको बसोबास रहेको क्षेत्रमा आक्रमण गर्ने दुस्साहस गरेको जिकिर गरे । उनले भारतको वायु प्रतिरक्षा प्रणालीले पाकिस्तानका ड्रोन र मिसाइलहरू आकाशमै ध्वस्त पारिदिएको दाबी भारतीय सञ्चारमाध्यमको शैलीमा गरे।

‘तीन दिनमै भारतले पाकिस्तानलाई यति ठूलो क्षति पुर्‍यायो कि उनीहरू विश्वसमक्ष तनाव कम गरिदिन हारगुहार गर्न थाले,’प्रधानमन्त्री मोदीले भने।

१० मे मा पाकिस्तानले सम्पर्क गरी भविष्यमा आतंकवाद वा सैन्य दुस्साहस नगर्ने आश्वासन दिएपछि भारतले आफ्ना कारबाहीहरू रोक्ने निर्णय गरेको पनि उनले बताए।

आतंकविरुद्धको नीति स्पष्ट : मोदीले के-के घोषणा गरे ?
१. भारतमाथि आतंकवादी हमला भएमा कडा जवाफ दिइनेछ।
२.आणविक धम्कीको आवरणमा आतंकवाद सह्य हुने छैन।
३.आतंकको संरक्षक सरकार र आतंककारीबीच कुनै भिन्नता मानिने छैन।
४. ‘अपरेसन सिन्दूर’ले नयाँ मानक तय गरेको छ। अब आतंक र वार्ता सँगै हुन सक्दैन । आतंक र व्यापार सँगै चल्न सक्दैन । रगत र पानी सँगै बग्न सक्दैन।

विश्व समुदायलाई सन्देश

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई पनि चेतावनी दिए ।’यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतंकवाद र पाकिस्तान-अधिकृत कश्मीर (पीओके) माथि मात्र हुनेछु,’ उनले भने ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : ५५ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक