शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क « Khabarhub

शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआर’को छायाङ्कन सकेका छन् । २८ दिनको तालिकामा उनले छायाङ्कन पूरा गरेका हुन् ।

निर्माण पक्षका अनुसार यो फिल्मको छायाङ्कन दुई चरणमा गरिएको थियो । पहिलो चरणको छायाङ्कन अस्ट्रेलियामा भएको हो । गत माघ अन्तिममा यस फिल्मको छायाङ्कन सुरु भएको थियो ।

निर्देशक बस्नेतका अनुसार अस्ट्रेलियामा यस फिल्मको ६० प्रतिशत अंश छायाङ्न गरिएको छ । उनले उता १८ दिन छायाङ्कन गरेका थिए ।

दोस्रो चरणको छायाङ्कन अघिल्लो साता पोखराबाट सुरु भएको थियो ।

निर्देशक बस्नेतका अनुसार कथाको मागअनुसार यो फिल्मको छायाङ्कन नेपाल र विदेशमा गरिएको हो ।

छायाङ्कन सकिएपछि निर्देशक शोभितले फिल्म दर्शकले मन पराउनेमा ढुक्क रहेको दाबी गर्छन् । भन्छन्, ‘कलाकारहरुले राम्रो काम गर्नुभएको छ । फिल्म राम्रो बनेको छ । दर्शकले मन पराउनेमा ढुक्क छु ।’

उनका अनुसार यो फिल्म विदेशमा रहेका नेपालीहरुले पीआरको लागि गरेको संघर्ष र अभिभावकहरुले सन्तानप्रति राख्ने आशाको कथामा  आधारित छ ।

यस फिल्ममा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरीलगायतका कलाकारहरुको अभिनय रहेको छ।

यस फिल्ममा कथा शोभितकै हो भने पटकथा र संवाद रहेको गणेश बुढाथोकीको छ। सलोन सलिना फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्माताहरु प्रदीप दाहाल, लक्ष्मण सापकोटा र रञ्जित शाह हुन् ।

निर्माण पक्षले यस फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म टुंगो लगाएको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ३८ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको