उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन « Khabarhub

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । गत एक वर्षदेखि उनी क्यान्सर रोगसँग सङ्घर्ष गर्दै आएका थिए ।

सन् १९६० मा वामपन्थी सैन्य समूह टुपामारोसको नेताको रूपमा उनको उदय भएको थियो । क्युबाको क्रान्तिबाट प्रेरित सो सङ्गठनले सन् १९६० र ७० को दशकमा देशको राष्ट्रिय सेनाको विरुद्धमा सशस्त्र सङ्घर्ष गरेको थियो ।

सैन्य तानाशाहको शासन रहेको उरुग्वेमा उनले १५ वर्ष जेल जीवन बिताएका थिए । कठोर यातना बिताएका उनी सन् १९८५ मा उरुग्वेमा प्रजातन्त्र स्थापना भएपछि जेलबाट मुक्त भएका थिए ।

त्यसको चार वर्षपछि नै उक्त सैन्य सङ्गठनमा आबद्ध हुनेहरूले राजनीतिक दलको रूपमा मुभमेन्ट अफ पपुलर पार्टीसिपेसनको स्थापना गरेका थिए ।

सन् २००९ मा राष्ट्रपति उम्मेदवार भएका उनले ५० प्रतिशत भन्दा बढी मतसहित सफलता पाएका थिए ।

सन् २०१० देखि २०१५ को बीचमा उनले गरेका धेरै निर्णय अहिले पनि चर्चामा छन् । गाँजा खेतीलाई मान्यता दिएका उनले गर्भपतनलाई पनि वैधानिकता दिएका थिए ।  देशको कार्यकारी प्रमुख रहेकै समयमा पनि उनले खेत किसानीलाई निरन्तरता दिएका थिए ।

यसैबीच, उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सीले पूर्वराष्ट्रपति जोसे मुजिकाको निधनमा गहिरो दुख व्यक्त गर्दै देशका लागि ठूलो क्षति भएको बताएका छन् । ओरेसी मुजिकाको निकट मानिन्छन् ।  

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको