नेशनल लाइफले १५ प्रतिशत बोनस दिने  « Khabarhub

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने 


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको ५५०औँ सञ्चालक समितिको बैठकले बोनस दिने निर्णय गरेको हो ।

कम्पनीकी सचिव शर्मिला श्रेष्ठका अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो ।

चुक्ता पुँजीको १० प्रतिशत अर्थात ५२ करोड १२ लाख १३ हजार रुपैयाँ बराबरको नगद लाभांश र चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २६ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने कम्पनीले जनाएको छ ।

कम्पनीले १५ प्रतिशत बोनसका लागि लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत अर्थात ४ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत दिने भएको सचिव श्रेष्ठले जानकारी दिइन् ।

कम्पनीले प्रस्ताव गरेको उक्त बोनस नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएर आगामी साधाणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने श्रेष्ठले बताइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ११ : ३५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका