पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव | Khabarhub Khabarhub

पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले सरकारलाई जवाफदेहिता र निष्ठा प्रवर्धन गर्न विद्यालय तहदेखि नै नैतिक शिक्षाका विषय समावेश गर्न सुझाएको छ ।

बासट्ठिऔँ वार्षिक प्रतिवेदनमा सरकारको प्रमुख लेखापरीक्षक संस्थाले पाठ्यक्रमबाटै हटाइएको २२ वर्षपछि ‘नैतिक पूर्वाधार निर्माण गर्न विद्यालय तहदेखि नै नैतिक शिक्षाका विषय समावेश गरिनुपर्ने’ सुझाव दिएको हो ।

हाल प्रमुख प्रतिपक्षी रहेको तत्कालीन नेकपा (माओवादी)ले व्यवस्थाविरुद्ध सशस्त्र सङ्घर्ष गर्दा संस्कृत र नैतिक शिक्षाको पठनपाठन रोक्न बलसमेत प्रयोग गरेको थियो । देशको ग्रामीण क्षेत्रका अधिकांश विद्यालयहरूमा मा‌ओवादी सङ्घर्षकालमै यी दुबै विषयको पठनपाठन ठप्प भएको थियो ।

वि.सं. २०६२/६३ को जनआन्दोलनपछि शान्तिपूर्ण संसदीय राजनीतिमा आएको माओवादीकै पहलमा संस्कृत र नैतिक शिक्षाको पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम संशोधन नै नगरी हटाएको थियो । नैतिक शिक्षाका केही अध्याय सामाजिक शिक्षा लगायतमा समेटेर पठनपाठन थालिएको केन्द्रले जनाएको थियो ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक’मा नैतिक शिक्षालाई छुट्टै विषयका रूपमा राख्नुपर्ने माग उठेको थियो । प्रतिवेदन लेख्ने उपसमितिलाई समितिले वैशााख २२ गते १० दिनको म्याद दिएको छ । यद्यपी, विधेयकको प्रतिवेदनमा संसदीय समितिले नैतिक शिक्षाको पठनपाठन पुनः थाल्नेबारे लेख्ने/नलेख्ने टुङ्गो छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ५७ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा