प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर | Khabarhub Khabarhub

प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २००० को दशकको व्यस्त बलिउड नायिका प्रिति जिन्टा अहिले अभिनयबाट टाढा छिन् । यद्यपि उनी मिडिया र सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आइरहन्छिन् ।

उनी फिल्म नखेले पनि चर्चामा आइरहने नायिका हुन् । उनको अभिनय रहेको फिल्म ‘भैयाजी सुपरहिट’ सन् २०१८ मा प्रदर्शनमा आएको थियो ।

अहिले फेरि प्रिति जिन्टा पुन: ठूलो पर्दामा देखिन लागेको चर्चा चल्न लागेको छ । यो चर्चा उनकै कारण फैलिएको हो ।

प्रितिले इन्स्टाग्राममा ‘आक्स मी एनिथिङ’ अर्थात् ‘मलाई जे सोध‘ नामक प्रश्नोत्तर गरेकी थिइन् । जसमा एक फ्याले सोधेका थिए, ‘तपाईंको कुन फिल्मको सिक्वेल बन्नुपर्छ जस्तो लाग्छ ?’

प्रितिले जवाफमा भनेकी थिइन्, ‘सायद संघर्ष’ । ‘संघर्ष’ फिल्म सन् १९९९ मा प्रदर्शनमा आएको थियो । यो त्यसबेलाको हिट फिल्म हो । फिल्मको मूख्य भूमिकामा अक्षय कुमार र प्रिति थिए ।

त्यसबेलाको हिट फिल्म भएकाले प्रिति र अक्षयका फ्यानहरु ‘संघर्ष’को सिक्वेल बनाउनु पर्ने मत राख्दै आएका थिए । प्रितिको यो प्रश्नोत्तरपछि फ्यानहरु थप आशावादी छन् ।

‘संघर्ष’ नै प्रिति र अक्षयको अन्तिम सहकार्य हो । ‘संघर्ष-२’ बने २६ वर्षपछि प्रिति र अक्षयसँग सहकार्य हुने सम्भावना बढी छ । प्रितिले ‘संघर्ष’को सिक्वेलको आशा राख्नुले पनि उनी पुन: अक्षयसँग सहकार्य गर्न इच्छुक छन् भन्ने बुझ्न सकिन्छ ।

नभए उनले अरु नायकसँगको हिट फिल्मको सिक्वेल बन्नुपर्ने पनि भन्न सक्थिन् !

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ६ : ५८ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज