प्रभु महालक्ष्मी लाइफले बोनस र हकप्रद शेयर पारित गर्न बोलायो साधारणसभा | Khabarhub Khabarhub

प्रभु महालक्ष्मी लाइफले बोनस र हकप्रद शेयर पारित गर्न बोलायो साधारणसभा


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको एजेण्डासहित वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीका सचिव किशोर प्रसाद लामिछानेका अनुसार इन्स्योरेन्सले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई बोनस समेत दिने भएको छ । 

कम्पनीले चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४१२ प्रतिशत नगद लाभांश दिने भएको छ । 

बोनस शेयर र हकप्रद शेयर जारी गर्ने र वार्षिक साधारणसभाका लागि कम्पनीले जेठ १६ गते बुक क्लोजको मिति तय गरेको छ । जेठ १५ गतेसम्म कायम हरेको शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस, हकप्रद र साधारणसभामा भाग लिन पाउने छन् । 

कम्पनीको साधारणसभा जेठ २६ गते सोमबार काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ५७ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न