नापतौलमा अनियमितता गर्नेलाई कारबाही | Khabarhub Khabarhub

नापतौलमा अनियमितता गर्नेलाई कारबाही


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा अवैध रूपमा र इजाजत नलिएर नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ ।

कारबाहीमा परेका व्यवसायी तथा उद्योगीले आफूखुसी जथाभावी ढक तथा तराजु, डिजिटल नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ ।

चालु आवको साउनदेखि वैशाख मसान्तसम्म गरिएको अनुगमनमा नापतौल यन्त्रको प्रयोगमा पाइएको कैफियतका आधारमा कारबाही तथा जरिवाना गरिएको कार्यालयका प्रमुख सुनिल यादवले बताए । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले १० महिनामा आठ सय ८१ नयाँ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि इजाजत प्रदान गरेको उनले जानकारी दिए ।

सो अवधिमा दुई हजार ३७२ व्यवसायीको नापतौल यन्त्रको जाँच गर्नुका साथै सर्लाही, महोत्तरी र रामेछापमा नापतौल यन्त्रको प्रयोगको अवस्था, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी चेतनामूलक जानकारी दिइएको प्रमुख यादवले उल्लेख गरे ।

उक्त अवधिमा कार्यालयले एकल अनुगमन २९, व्यावसायिक फार्मको अनुगमन दुई सय ७२ पटक तथा संयुक्त अनुगमन १८ र व्यावसायिक फार्मको अनुगमन चार सय ९९ पटक गरी विभिन्न शीर्षकबाट रु ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन गरेको जनाएको छ ।

गत आवको सोही अवधिमा एक हजार ९७५ उद्योगी तथा व्यावसायिक फार्मको नापतौल यन्त्रको जाँच, तीन ३७८ व्यावसायिक फार्मलाई नयाँ नापतौल इजाजतपत्र प्रदान, एक हजार ३९० व्यावसायिक फार्मलाई कारबाही गरिएको जनाउँदै प्रमुख यादवले सो अवधिमा विभिन्न शीषर्कबाट रु ३० लाख ६३ हजार २४४ राजस्व सङ्कलन गरिएको उल्लेख गरे ।

पाँच जिल्ला कारोबार रहेको कार्यालयसँग आफ्नो भवन नभएकाले साँघुरो भाडाको घरबाट काम गर्नु परेको, अनुगमनका लागि सवारीसाधनको सुविधा नभएको, कार्यालय सञ्चालनका लागि बजेट अभाव रहेको कार्यालय प्रमुख यादवले गुनासो गरे ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : ५६ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ