गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा | Khabarhub Khabarhub

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन भएको हो ।

१४ लाख रुपैयाँको लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेपछि नगरपालिकाले १५ लाख रुपैयाँमा पूर्वाधार निर्माण गरी सेवा सुरु गरेको हो ।

पश्चिम बागलुङमा अहिलेसम्म रक्तसञ्चार सेवा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको हुँदा दातासँग सहकार्य गरेर सेवा सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार सेवाका लागि मेसिनलगायत अत्यावश्यक उपकरण दिएको उनको भनाइ छ ।

‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, दूरदराजका नागरिक सामान्य उपचारका लागि पहिले पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो, अहिले नगर अस्पताल सञ्चालन गरेर विशेषज्ञ सेवा दिन थालेका छौँ’, नगरप्रमुख गैरेले भने, ‘अहिले नगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ, यहाँ रक्तसञ्चार सेवाको निकै खाँचो थियो, यसपालि विभिन्न दातासँग सहकार्य गरेर त्यसको पनि व्यवस्थापन गरेका छौँ ।’

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले अस्पतालमा प्रसूति, शल्यक्रिया र गम्भीर दुर्घटनाका बिरामी आउने तर रक्तसञ्चार सेवा नहुँदा पोखरा, काठमाडौं रिफर गर्नुपरेको भन्दै अब त्यो समस्याको समाधान भएको बताए ।

पछिल्लो समय रक्तसञ्चार सेवा लिने बिरामीसमेत बढेको उनको भनाइ छ । शल्यक्रियामार्फत प्रसूति गराउने महिलालाई रक्तसञ्चार सेवाले महत्त्वपूर्ण सघाउ पुर्याउने डा. पौडेलले बताए ।

उनले भने, ‘गलकोट क्षेत्रमा एउटा ‘ब्लड बैंक’को अतिआवश्यक थियो, पहिले यो सेवा नहुँदा यहाँबाट महिनामा करिब १२–१५ जना बिरामीलाई टाढा पठाउन बाध्य थियौँ, अब चाहिँ यहीबाट सेवा दिनसक्ने भएका छौँ, यो सेवाले पश्चिम बागलुङका ६ वटा पालिकाका हजारौँ नागरिक लाभान्वित हुने छन् ।’

२०७९ सालदेखि सुरु भएको नगर अस्पतालमा हाल १५ शय्याको सेवा सुरु भएको छ । अस्पतालबाट अहिले भिडियो एक्सरे, अल्ट्रासाउन्ड, ल्याब, फिजियोथेरापी, आँखा उपचार केन्द्र, ओपिडी, सुत्केरी सेवासहित शव परीक्षण सेवा सञ्चालन भइरहेको डा. पौडेलले बताए । (रासस)

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : ३२ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न