दिव्याको हातमा दुई फिल्म, साइन् गरिन् ‘राम नाम सत्य’ « Khabarhub

दिव्याको हातमा दुई फिल्म, साइन् गरिन् ‘राम नाम सत्य’


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायका दीलिप रायमाझीकी छोरी दिव्याले गत वर्ष फिल्म ‘एक्टर ः टेकवान’बाट ठूलो पर्दामा डेब्यू गरिन् । यत वर्ष नै उनका यो र ‘पिताम्बर’ गरी दुई फिल्म प्रदर्शनमा आए ।

यी दुवै फिल्मको व्यापार कमजोर नै रह्यो । तर, दिव्याको व्यस्तातालाई भने यसको फरक पारेको देखिँदैन । उनका अझै दुई फिल्म छन् ।

उनले गत वर्ष नै नयाँ फिल्म ‘माया प्रीति’ साइन गरेकी थिइन् । अहिले फेरि उनले अर्को फिल्म ‘राम नाम सत्य’ साइन गरेकी हुन् ।

‘राम नाम सत्य’ निर्माण टिमले सोमबार दिव्यासँग कागजी सम्झौता भएको सार्वजनिक गरेको हो ।

साइन गरेपछि दिव्या भन्छिन्, ‘स्क्रिप्ट मन प¥यो । मलाई प्रस्ताव गरिएको भूमिका पनि राम्रो छ । त्यही भएर काम गर्न तयार भएँ ।’

यस फिल्मको नायकमा विराज भट्ट र सशील श्रेष्ठ पहिला नै अनुबन्ध भइसकेका छन् । विराजले यही फिल्मका कारण ‘१२ गाउँ’को सिक्वेलको काम पछाडि सारेको बुझिएको छ ।

विराज र सुशीलसँग सहकार्य गर्न पाउँदा दिव्या उत्साहित देखिएकी छन् ।

अब केही कलाकारलाई चयन गरेर वर्कसप थाल्ने तयारीमा निर्माण पक्ष रहेको छ । छायाङ्कन भने साउनबाट सुरु हुने बताइएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा माइकल चन्दको लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ यसका निर्माता हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ३७ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज