फिल्म ‘द ब्ल्यू लाइट’को निर्माण घोषणा « Khabarhub

फिल्म ‘द ब्ल्यू लाइट’को निर्माण घोषणा


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’का मुख्य सहायक निर्देशक बलिराम चौहानले ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरेका छन् ।

चौहानले मंगलबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्देशनमा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् ।

यो फिल्म सन् २०२५ मै प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ । निर्देशक चौहानका अनुसार फिल्ममा कलाकार चयनको काम भने बाँकी रहेको छ ।

उनले भने, ‘हामी बिस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौँ । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ । फाइनल भएपछि जानकारी दिन आउने छौँ ।’

स्टार कलाकारहरूलाई नै लिएर फिल्म गर्ने योजनमा चौहान रहेका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस फिल्मका निर्माता रमन ग्रे रहनेछन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ४८ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज