विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत « Khabarhub

विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन सहमति जुटेको छ ।

सोमबार र मङ्गलबार दुई चरणमा भएको वार्तापछि काङ्ग्रेस सभापति देउवाको प्रस्तावमा पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री ओली तयार भएका हुन् ।

दुई दलबीच लामो रस्साकस्सीपछि अब राष्ट्र बैंकले रिक्त भएको डेढ महिना गुजारेर नयाँ गभर्नर पाउने भएको हो ।

गभर्नर नियुक्ति भागबण्डालाई लिएर प्रधानमन्त्री ‌ओली नकारात्मक हुँदा प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेस भड्किएको थियो । सोमबार भएको वार्तामा प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव नमानेपछि देउवा रिसाएका थिए ।

त्यसपछि मङ्गलबार दुई नेताबीच भएको वार्ताबाट गभर्नरमा पौडेलको नाम स्वीकृत भएको हो । पौडेलको नाममा सहमति भएपछि प्रधानमन्त्री ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका छन्‌ ।

उता; उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक पनि मङ्गलबार दिउँसो बस्दैछ । उक्त बैठकले गभर्नरका लागि पौडेलसहित तीनजनाको नाम सिफारिस गर्दैछ ।

गभर्नर हुन लागेका पौडेल २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद ढकालसँग चितवन क्षेत्र नम्बर १ मा पराजित भएका थिए ।

पौडेललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत बनाएका थिए । त्यसअघि पनि पौडेल काङ्ग्रेसकै निगाहमा आयोग सदस्य भएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : ५६ बजे

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि