गभर्नरमा तीनजनाको नाम सिफारिस, मन्त्रिपरिषद्‍बाट विश्व पौडेललाई नियुक्त गरिँदै | Khabarhub Khabarhub

गभर्नरमा तीनजनाको नाम सिफारिस, मन्त्रिपरिषद्‍बाट विश्व पौडेललाई नियुक्त गरिँदै


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीनजनाको नाम सिफारिस भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले डा. विश्व पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको हो ।

गत चैत २२ गतेदेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले उल्टो अभ्यास गरिरहेका बेला बल्ल कुरा मिलेको हो ।

चैत २२ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएयता नयाँ गभर्नर छान्न नसकेर आफ्नो अक्षमता छताछुल्ल पारेका दुई दलले त्यो क्रमलाई मंगलबारसम्म निरन्तरता दिएर डा. विश्व पौडेलको नाममा सहमत भएका हुन् ।

सोमबार र मंगलबार दुई दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको चरणबद्ध छलफलपछि गभर्नरमा २०७९ सालमा प्रतिनिधिसभाको चुनावमा पराजित विश्व पौडेलको नाम टुंगिएको थियो ।

प्रधानमन्त्री ओली देउवाकै अडानअुनसार कांग्रेसको कोटाबाट गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई नियुक्त गर्न तयार भएपछि सिफारिस समितिको बैठक बसेको थियो ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्ने भएको छ ।

गभर्नर सिफारिस समितिको बैठक बसेर लिएको निर्णयानुसार तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा पेश गरिसकेको छ ।

पहिलो नम्बरमा प्रा.डा. विश्व पौडेलको नाम राखिएको छ । दोस्रोमा कामु गभर्नर नीलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको हो ।

सिफारिस समितिमा अहिले अर्थमन्त्री पौडेल संयोजक छन् । त्यसैगरि तत्कालीन सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्त निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विज्ञतर्फ पोषराज पाण्डे छन् । उनी पनि गभर्नर बन्न लागेका विश्व पौडेलले राजीनाम दिएपछि हालै मात्र सिफारिस समितिमा पुगेका हुन् ।

यसअघि गभर्नरमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको नाममा ओली र देउवाले सहमति जनाएका थिए । तर बिचौलियाको चर्को चलखेलका कारण भट्टको नाम पनि पछि अस्वीकृत भयो ।

त्यसपछि कायमुकायम गभर्नर नीलम ढुंगाना र नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानाको नाम पनि चर्चामा थियो ।

दुई दलबीच असहमति मात्रै थिएन, नयाँ गभर्नरका लागि फरक फरक नाममा बिचौलियाहरूले चर्को लबिइङ गरेका थिए । ओली र देउवासँगै परराष्ट्रमन्त्री डा. आरजु देउवाले पनि गभर्नरका लागि आफ्नोतर्फबाट लबिइङ गरेकी थिइन् । अन्तत: लामो रस्सकस्सी गरेर बदनाम दुई दलले गभर्नरको टुंगो लगाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ४७ बजे

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।