म्याग्दीको दुधेखोलास्थित कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण गरिँदै « Khabarhub

म्याग्दीको दुधेखोलास्थित कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण गरिँदै


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’ निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ ।

सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकको आगमन बढ्दै गएपछि उनीहरूको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो ।

बेनी नगरपालिकाको एक लाख ५० हजार लगानीमा पहिलो चरणमा जमिन सम्याउने काम सम्पन्न भएको झरना लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

‘सदरमुकाम नजिकै नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको कोप्रे झरनामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न बगैँचासहितको आकर्षक पार्क बनाउन लागिएको हो । बस्नका लागि आराम कुर्सीसहित ससाना केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरूका लागि अनुकूल हुने संरचना निर्माण गर्ने योजना छ’, अध्यक्ष कार्कीले भने ।

पर्यटकको आगमन बढेसँगै उनीहरूलाई आराम गर्ने ठाउँको अभाव देखिएपछि कार्कीले आफ्नै निजी लगानीमा सत्तल र चौतारीसमेत निर्माण गरेका छन् ।

कोरोनाकालमा पत्ता लागेको कोप्रे झरनामा त्यसपछिका वर्षहरूमा चहलपहल बढ्दै गएको हो । हाल उक्त स्थानमा दैनिक पचासदेखि दुई सय जना पर्यटक आउने गरेको स्थानीय पुरन घिमिरेले बताए । उनका अनुसार शनिबार र बिदाका अन्य दिन कर्मचारी, व्यापारीलगायत पनि आउने गरेका छन् ।

सिरानमा घना जङ्गल, पुछारमा नागबेली परेर बगेको म्याग्दी नदी, बीचमा कलकल बग्ने दुधेखोला गाउँको बेनी–बगरफाँट–भकिम्ली सडक नजिक अवस्थित यो झरना नजिक पार्क बनेपछि  युवायुवती र बालबालिकामात्र नभइ  जोकोहीका निम्ति मनोरञ्जनस्थल बन्ने बेनी नगरपालिका– २ बगरफाँटका युवा सज्जन जिसीले बताए ।

खासगरी त्यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस फोटो र भिडियो खिच्न पुग्ने गरेका छन् । यो स्थान पछिल्लो समय बेनी बजारका बासिन्दाका लागि ‘मर्निङ वाक’ गर्नेको नयाँ गन्तव्य पनि बनेको छ ।

सदरमुकाम बेनीबजारदेखि उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । यसलाई आन्तरिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेका बेनी नगरपालिका– २ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

कोप्रे झरनाको नजिक पानी उड्ने छहरा, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक देवीको मन्दिर, शिवालय, गुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल पनि छन् । (रासस)

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ३५ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको