म्याग्दीमा ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा « Khabarhub

म्याग्दीमा ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ ।

भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् ।

मङ्गलबार सम्पन्न प्रतियोगितामा कान्छीगाउँ विजयी भएको छ । प्रतियोगिता मुन्का डाँडामा भएको थियो । सयौँ स्थानीय  सहभागी प्रतियोगितामा भूमेपूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले बताए ।

पुख्र्यौली सोरठी भाका र नाचका साथै पञ्चेबाजासहित भूमेपूजाको लिङ्गो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका पाँच सय गाउँले सहभागी थिए ।

मौलिक ग्रामीण परम्परा भूमेपूजा र लिङ्गो जुधाएको हेर्ने अधिक दग्नामीहरू रहेको वडाध्यक्ष गर्बुजाले बताए ।

मङ्गलबार बिहान भूमेपूजापछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले लिङ्गो जुधाएका हुन् ।

प्रतियोगितामा सिँगारिएका अग्ला बाँस जुधाइन्छ । प्रकृति पूजाका रूपमा मगर समुदायले भूमेपूजालाई महत्व दिँदै आएका छन् ।

दग्नामवासीले हरेक वर्ष जेठको पहिलो वा दोस्रो  मङ्गलवारका दिन बाढीपहिरो र प्राकृतिक प्रकोपबाट बाली जोगियोस् भन्ने कामनाका साथ भूमेपूजा गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : १० बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ