चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टसको मृत्यु « Khabarhub

चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टसको मृत्यु


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टको ७६ वर्षको उमेरमा निधन भएको छ । उनले लस एञ्जलस्थित निजी निवासमा सुतिरहेकै अवस्थामा मङ्गलबार राति निधन भएकाे हाे ।

उनी अमेरिकाको चर्चित सिरियल ‘चियर्स’का मुख्य कलाकार थिए । यहीँबाट उनले लोकप्रियता कमाएका हुन् । यस सिरियलका सहकर्मीले जर्जको मृत्युमा दुख व्यक्त गरेका छन् ।

सिरिजका सहकलाकारहरु टेड डान्सन र केल्सी ग्रामरले उनीसँग बिताएका समयको सम्झना गरेका छन् ।

यस सिरिलयबाट प्रभावित भएर बोस्टनमा खोलिएको ‘बुल एण्ड फिन्च’ पब ले जर्जको सम्झनामा जर्जको नाममा कुर्सी र वियर राखेर उनलाइ श्रद्धाञ्जली दिएको छ ।

जर्ज सन् १९८२ देखि १९९३ सम्म प्रशारित सिरियल ‘चिर्यस’का २७५ अंकमा अभिनय गरेका थिए ।

उनले सन् १९८४ देखि १०८९ सम्म लगातार एमी अवार्डको ‘उत्कृष्ट सहायक हाँस्य अभिनेता’को मनोनयमा परेका थिए । जर्जले नाटक र विभिन्न फिल्ममा पनि अभिनय गरेका छन् ।

जर्जकी पत्ती बर्नाडेट बिर्केट पनि नायिका थिइन् । उनका तीन सन्तान छन् । नायक जेसन सुडेकिस जर्जका काका हुन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : १८ बजे

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने