अनेरास्ववियुको महाधिवेशन जेठ २५-२८ गते काठमाडौंमा, तयारी थालियो « Khabarhub

अनेरास्ववियुको महाधिवेशन जेठ २५-२८ गते काठमाडौंमा, तयारी थालियो


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४ औँ राष्ट्रिय महाधिवेशन यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

अनेरास्ववियुले जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने बताएको थियो । तर तोकिएको समयभन्दा तीन साता ढिलो महाधिवेशन हुने भएको हो ।

बुधबार काठमाडौंको आरआर क्याम्पसमा आयोजित विशेष कार्यक्रममा अनेरास्ववियु इन्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्लको उपस्थितिमा भएको कार्यक्रमबाट महाधिवेशन तयारी थाल्ने निर्णय गरेको हो ।

महाधिवेशनलाई ऐतिहासिक र स्मरणीय बनाउने लक्ष्यसहित विद्यार्थीहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न संगठनले देशव्यापी व्यापक जनपरिचालन अभियान सञ्चालन गर्ने भएको प्रवक्ता प्रकाश पौडेलले बताए ।

संगठनले समृद्ध भविष्यको निर्माण र शैक्षिक तथा राष्ट्रिय मुद्दामा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढाएको पौडेलले जानकारी दिए ।

आरआरमा भएको कार्यक्रमको अध्यक्षता अनेरास्ववियु अध्यक्ष समिक बडालले गरे । कार्यक्रममा जनपरिचालन उपसमिति संयोजक एवम् उपाध्यक्ष धर्म गिरि, उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, मर्यादा बिस्टलगायत सहभागी थिए । अनेरास्ववियुले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारीमा जोड दिएको पौडेलले बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ११ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता