दक्षिण अफ्रिकामा हुने जी२० को कार्यक्रम अमेरिकाले बहिष्कार गर्ने | Khabarhub Khabarhub

दक्षिण अफ्रिकामा हुने जी२० को कार्यक्रम अमेरिकाले बहिष्कार गर्ने


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाले दक्षिण अफ्रिकाद्वारा आयोजना गरिने आगामी जी२० कार्यक्रमहरू बहिष्कार गर्ने भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार यो कुराको पुष्टि गरेका छन् ।

गत साता आएको समाचारअनुसार दुई देशको बढ्दो तनावबीच अमेरिकाले यस्तो निर्णय लिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दक्षिण अफ्रिकामाथि ‘जातीय घृणाबाट प्रेरित नरसंहारलाई सहयोग पुर्‍याएको’ आरोप लगाएको छ ।

जसलाई दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले ‘पूर्णतय झूटो प्रचार’ भन्दै अस्वीकार गरेका छन्।

सेनेटको विदेश सम्बन्ध समितिमा बोल्दै रुबियोले सहभागी नहुनुका कारणहरू दिए । ‘कार्यक्रमको कार्यसूची हाम्रो प्रशासनका प्राथमिकतासँग मेल खाँदैन’, उनले भने ।

दक्षिण अफ्रिकाले इरान र चीनजस्ता राष्ट्रहरूसँग व्यापक रूपमा सहकार्य गर्ने गरेको छ । जसलाई अमेरिका रणनीतिक प्रतिद्वन्द्वीको रूपमा हेर्छ ।

‘जब कुनै देश पटक–पटक हरेक विषयमा अमेरिकासँग असहमत रहन्छ, तब तपाईंले त्यसबारे निष्कर्ष निकाल्नैपर्छ,’ उनले भने।

रुबियोले दक्षिण अफ्रिकाको इजरालयप्रतिको धारणाको पनि आलोचना गरे। उनले भने, ‘यो केवल असन्तुलित मात्र होइन, तर पूर्ण रूपमा एक पक्षीय छ’, उनले भने ।

सन् २०२३ मा दक्षिण अफ्रिकाले गाजामा सैन्य कारबाहीलाई लिएर इजरायलविरुद्ध अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) मा ‘नरसंहार’को आरोपसहित मुद्दा दायर गरेको थियो।

अदालतले सन् २०२४ जनवरीमा इजरायलमाथि प्रतिबन्ध आदेश जारी गरेको थियो । जुन इजरायली सरकारले उल्लंघन गरेको छ।

यो द्वन्द्व अक्टोबर २०२३ मा प्यालेस्टिनी सशस्त्र समूह हमासले गराएको आक्रमणबाट सुरु भएको हो । त्यसयता यो एक क्षेत्रीय संकटमा रूपान्तरण भइसकेको छ।

इजरायली अधिकारीहरूले गाजामा हालै फेरि सुरु गरिएको सैनिक अभियानलाई ‘गाजा जित्ने’ प्रयास भनेर व्याख्या गरेका छन्।

रुबियोको टिप्पणी त्यति बेला आएको हो, जब राष्ट्रपति रामाफोसा वासिङ्टन आएका छन् ।

भ्रमण द्विपक्षीय सम्बन्धलाई ‘पुनःस्थापित र पुनर्जीवित’ गर्ने उद्देश्य रहेको उनको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

राष्ट्रपति रामाफोसाःे बुधबार राष्ट्रपति ट्रम्पसँग भेट्ने छन् । त्यहाँ आफ्नो सरकारद्वारा प्रस्तुत गरिएको व्यापार प्रस्तावमा छलफल गर्ने अपेक्षा छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ३० बजे

बैतडीमा मध्यरातमा भूकम्प

काठमाडौं – मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प

मार्सको शतकमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो

काठमाडौं – मिचेल मार्सको शतकको मद्दतमा लखनउ सुपर जायन्ट्सले गुजरात

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ

आज २०८२ साल जेठ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ